काठमाडौं - भोटेकोशीमा आएको बाढीका कारण भग्नावशेषमा पुरिएकी  एक वृद्धालाई उद्धार गरिएको छ।  अहिले उनको अस्पतालमा उपचार भइरहेको छ।

९७ वर्षीया गुना माया बोहरालाई उनी बस्दै आएको वृद्ध हेरचाह गृहको भग्नावशेषबाट उद्धार गरिएको हो । बोहरालाई  निकाल्न उद्धार टोलीलाई चार घण्टा लागेको थियो।

उद्धारपछि उनलाई देख्दा “युद्ध जितेर फर्किएकी योद्धाजस्तै” देखिन्थ्यो।

बुधबार आएको आकस्मिक बाढीमा परी सयौँ मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ। वैज्ञानिकहरूका अनुसार हिमालय क्षेत्रमा तिब्बतसँगको सीमा नजिकै हिमनदी भत्किएपछि यो आकस्मिक बाढी आएको हुन सक्ने विश्वास गरिएको छ।