काठमाडौं - सर्भरमा समस्या आएपछि नेपालका सबै सरकारी निकायको वेवसाइट बन्द भएको छ। 

सिंहदरवारस्थित गृहमन्त्रालयको प्रांगणमा रहेको सर्भर डाउन भएपछि सरकारी निकायका सबै वेवसाइट बन्द भएका हुन्।

ह्याक भएको हो वा प्राविधिक कारणले बन्द भएको भन्नेबारे अझै एकीन हुन नसकेको गृहमन्त्रालय स्रोतले बतायो। 'सर्भरमा एक्कासि समस्या आएपछि वेवसाइटहरू नचलेका हुन्। ह्याक भएको हो वा प्राविधिक कारण भएको हो। त्यसबारे अझै अध्ययन भइरहेको छ,' स्रोतले भन्यो।