काठमाडौं - चीनको तिब्बतमा पुन ड्याम फुटेको सूचना प्राप्त भएको छ ।

चिनियाँ पक्षबाट उक्त सूचना आएकोले सुरक्षित स्थानतर्फ जान नेपाल प्रहरीले आग्रह गरेको छ ।

चिनियाँ जलस्रोत मन्त्रालयले हिजो नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै एउटा ठूलो ‘ताल’ बनेको बताएको थियो ।

बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको चीनको ग्लोबल टाइम्सले समाचार लेखेको थियो ।

तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर पानी थपिने आँकलनसहित पुन फुट्ने उच्च जोखिम रहेको चेतावनी दिइएको थियो ।

बाढीको पुनः जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गरिसकेको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको एउटा अस्थायी ताल फुटेर उद्धार टोली खटिएको क्षेत्रतर्फ बग्न थालेपछि उद्धार कार्य रोकिएको हो ।