काठमाडौं - रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ । यो तथ्यांक आज बिहान ७ बजे सम्मको हो ।
प्रहरीका अनुसार रसुवाबाट १२ जना, नुवाकोटमा ३७, धादिङमा ३३ र चितवनमा १७८ जनाको शव फेला परेको हो । यस्तै गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।
यसैगरी रसुवाबाट ६४४, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।
२८ जना प्रहरी कर्मचारीहरू पनि सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ ।


0 comment