काठमाडौं - पुर्व गृहमन्त्री रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ।

शुक्रबार नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामेछानेको सांसद पद खारेज गरेपछि शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेका हुन्। देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको आरोप लगाउँदै प्रदर्शनकारीले निर्वाचन आयोग र सर्वोच्चको फैसलाको विरोधमा नारावाजी समेत गरेका छ। 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संवैधानिक इजलासले लामेछानेलाई पदबाट बर्खास्त गर्न आदेश दिएपछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका हुन्। 

रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। 

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा ग‌ृहमन्त्रालयको कार्यभार प्रचण्डलाई तोकिकएको जनाइएको छ।