काठमाडौं - भारतले बाढी प्रभावितका लागि थप राहत तथा मानवीय सहायता सामग्री पठाएको छ । भारतीय वायुसेनाको सी–१७ ग्लोबमास्टर–३ हेभी–लिफ्ट विमानमार्फत  ३७.५ टन राहत सामग्री काठमाडौं ल्याइएको छ ।   विनाशकारी बाढीले क्षति पुर्याएकै दिन बुधबार राति भारतले पहिलो चरणमा राहत सामग्री ल्याएको थियो ।

३७.५ टन सामग्रीमा मानवीय सहायता तथा विपद् राहत सामग्री, औषधि र खाद्यान्नका प्याकेट रहेका छन्। भारतका विदेशमन्त्री एस जयशंकरले भारत नेपालका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै विपद्का बेला नेपाललाई निरन्तर दृढतापूर्वक सहयोग गर्ने बताएका छन्।  भारतले बाढी तथा विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।