काठमाण्डौं – एक्सप्लोन नामक ४९३ बोतल लागु औषध सहित जनजनकपुर धामबाट ४ जना पक्राउ परेका छन् । उनीहरु बिहीबार दिउँसो जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ परेका हुन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक, धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव, सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ र ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुर उप–महानगरपालिका ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे रहेका छन् ।
गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट एक्सप्लोन नामक प्रतिबन्धित लागुऔषध ४९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए । उनीहरुले प्रयोग गरेको अटोरिक्सा र मोटरसाइकलहरु समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पीडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
0 comment