काठमाण्डौं – दाङको टरिगाउँ स्थित एयरपोर्टमा सिता एयरलाईन्सले पहिलो परीक्षण उडान भर्ने जनाएको छ ।
परीक्षण उडानका लागि क्यानबाट अनुमति लिएर सिता एयरले पहिलो चरणमा शुक्रबार ११ बजे परीक्षण उडान भर्ने दाङ विमानस्थलका ट्राफिक कन्ट्रोलर गणेश अर्यालले जानकारी दिएका हुन् ।
यदि परीक्षण उडान सफल भएमा नियमित उडान भर्ने सिता एयरलाईनसको तयारी छ । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले नियमित उडानका लागि कुरा भए अनुसार सिता एयरले परीक्षणकालागि चसो देखाएको बताउनु भयो ।
दाङमा अहिले नेपाल एयरलाइन्सले हप्तामा ४ दिन एक दिन बिराएर आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्दै आइरहेको छ । दाङ काठमाण्डु र काठमाण्डु दाङको भाडा प्रति व्यक्ति ९ हजार देखि १२ हजार ३ सय सम्म रहेको छ ।
0 comment