काठमाडौं - नेपाल टी २० क्रिकेटमा म्याच फिक्सिङ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गर्दै टी २० क्रिकेटको म्याच फिक्सिङमा १० जनाको संलग्नता रहेको जनाएको छ। 

अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले म्याच फिसिक्सङमा संलग्न १० जनाको नाम खुलाएको छैन। काठमाडौं नाइट्स, विराटनगर सुपर किंस्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नतामा म्याच फिक्सिङ भएको प्रहरी अनुसन्धानले देखाएको छ। 

म्याच फिक्सिङमा विदेशी खेलाडीको समेत संलग्नता देखिएको छ। ब्यूरोले फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वक्रिकेटर महबुब आलम र अहिलेका क्रिकेटर आदिम आलमलाई सोमबार पक्राउ गरेको थियो। उनीहरूको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।