काठमाण्डौं – म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् ।
म्याग्दीको मंगला गाउँपालिका–२ काफलगौरमा थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप दुर्घटना हुँदा मंगला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको खवर प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिएका छन् ।
उक्त जिपमा सवार ७ जना घाईतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यसरी घाईते हुनेहरुमा मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी, पाँच वर्षीया रिवान केसी, मंगला–१ की १५ वर्षीया बबिना परियार, मंगला–२ की २२ वर्षीया विपना कार्की, मंगला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा र मंगला–२ का ५० वर्षीय भूमिकला नेपाली रहेका छन् ।
प्रहरी निरीक्षक राजन ढकालले दिएको जानकारी अनुसार, घाइते मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ । यस्तैगरी मंगला–२ की २२ वर्षीया विपना कार्की, मंगला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ । मंगला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ ।
जीप चालकलाई प्रहरीले नियन्त्रणमा ल्याई थप अनुशन्धान भईरहेको प्रहरी निरीक्षक ढकालले बताएका छन् ।
0 comment