काठमाण्डौं – रोल्पाबाट घोराही आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।   

दाङको घोराही उपमहानगरपालिका–१३ दारेबोट चोकमा गएराति एम्बुलेन्सले ठक्कर दिंदा घोराही उपमहानगरपालिका–१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगर गम्भिर घाईते भएका थिए । 

गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि भैरहवा पु¥याएपछि डाक्टरले उँनलाई मृत घोषणा गरेका थिए । 

एम्बुलेन्ससहित चालकलाई दाङ प्रहरीले नियन्त्रणमा लिई थप अनुशन्धान भईरहेको छ ।