काठमाण्डौं – ग्रिण फाउण्डेसन दाङको आयोजनामा तुलसीपुरमा भएको हरित अर्थतन्त्र विकास, उद्यमशिलता तथा समृद्धिमा सहकारीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घनश्याम पाण्डेले हरेक व्यक्तिले आर्थिक लक्ष्य बनाउनुपर्नेमा जोड दिएका छन् ।
धनी र गरिब व्यक्तिको लागि २४ घण्टाको एकदिन, ६० मिनेटको एकघण्टा समय एउटै भएको बताउँदै समयलाई कसरी प्रयोग गर्ने भन्ने कुरा व्यक्तिमा भर पर्ने बताए ।
समयलाई उत्पादनसंग जोड्नेकी गफ गरेर बिताउने भन्ने कुरा व्यक्तिको स्वनिर्णय भएको बताउँदै पाण्डेले आफुले गर्ने कर्मले व्यक्तिको आगामी भविषय निर्धारण गर्नुे बताएका छन् ।
हरेक, व्यक्ति र सहकारीले आर्थिक समृद्धिका लागि आफ्नो सोच, शैली, व्यवहार परिवर्तन गरेर आजैबाट उत्पादन, उद्यमशिलता र रोजगारीको सृजनामा लाग्नुपर्ने पाण्डेले बताए ।
पाण्डे नेकापा एमालेका केन्द्रिय सदस्य हुन् ।
0 comment