काठमाण्डौं – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेमा स्कुटरले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
पैदल हिँडिरहेका बेला बिहीबार साँझ ६ः२५ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३४ प ७२५१ नम्बरको स्कुटरले ठक्कर दिँदा सुन्दरहरैँचा–१० का ३८ वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान ४ः२५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । साथै स्कुटर चालक ३५ वर्षीय ललित उराव सामान्य घाइते भएका छन् । उरावको पनि नोबेलमै उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट स्कुटर चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको खुल्न आएको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
0 comment