काठमाण्डौं – विराटनगरमा आगो ताप्ने क्रममा प्लास्टिकको कुर्सीमा आगो सल्किँदा जलेर एकजना वृद्धाको मृत्यु भएको छ ।

बिहीबार बिहान अत्याधिक जाडोका कारण अप्ठ्यारो भएपछी ८० वर्षीया यादवले पराल र रुखको हाँगा बालेर आगो सेकिरहेकी थिइन् । सोही क्रममा अचानक आगो साडीमा सल्किएपछि प्लास्टिकको कुर्सीसहित उनी जलेकी हुन् ।  

विराटनगर–१० स्थित लालीगुँरास चौककी ८० वर्षीया निवासी बेभी यादवको शवलाई कानुनी प्रक्रिया पु¥याएर पोष्टमार्टमपश्चात आफन्तलाई हस्तान्तरण गरिने तयारी रहेको डिएसपी पञ्जियारले बताए ।

घटनाको थप अनुसन्धानका लागि हाल विराटनगरस्थित वडा प्रहरी कार्यालयको टोलीलाई घटनास्थलमा खटाइएको छ ।