काठमाण्डौं – रुपन्देहीमा बोलेरो र माइक्रो बस एक आपसमा ठोक्किदां १ जनाको घटना स्थलमा मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ४३८४ नम्बरको बोलेरो एक आपसमा ठोक्किदा रुपन्देहीको शुद्धोदन गाउँपालिका १ बस्ने ३५ वर्षीय गोरक लोहियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
0 comment