काठमाण्डौं – सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इञ्जिनियर रामचन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित मंगलबार पक्राउ गरेको छ ।

निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा खटिएको टोलीले इञ्जिनियर साहलाई उनकै कार्य कक्षबाटै पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

घुस रकमसहित पक्राउ परेका इन्जिनियर साहमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भण्डारीले बताएका छन् ।