काठमाण्डौं – सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष समेत रहेका यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एक सहकारीका बचतकर्ताले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरेपनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरि लिलामीको अवस्थामा पुर्याएकोले उनले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरिएको हो ।

यादवलाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरि यादवले करिब २५ लाख रुपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको अभियोग देखिएको डीएसपी रायले बताएका छन् ।

पक्राउ परेका यादव मधेश प्रदेशको तत्कालीन कृषि मन्त्री शैलेन्द्र प्रसाद साहको सल्लाहकार समेत हुन् ।