काठमाडौं - धनुषामा कर्फ्यू आदेश पुन: जारी गरिएको छ ।
तोडफोड, आगजनी, बजार, विद्यालय, क्याम्पस बन्द जस्ता भीषण आन्दोलनलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः अनिश्चितकालका लागि जारी गरेको छ।
मधेश प्रदेशको राजधानी र आसपासका क्षेत्रमा कर्फ्यू जारी गरेपछि जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ।
यता मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रेस विज्ञप्ति जारी गरी आपसी सद्भाव, भाइचारा, सामाजिक समञ्ज्यास्यता, सहिष्णुता कायम गर्न अपरिहार्य भएकोले आफ्ना माग लोकतान्त्रिक अभ्यासको रुपमा शान्तिपूर्ण शैलीमा प्रस्तुत गर्न विशेष आग्रह गरेका छन् ।


0 comment