काठमाडौं - हिजो पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु पुष्टि भएकामध्ये चालक दलका सदस्य, विदेशी नागरिक र पहिचान नखुलेका शवहरु काठमाडौं ल्याइने भएको छ ।
अस्पतालमा पुर्याइएका शवमध्ये ३८ जनाको पहिचान खुलेको छ।
प्रतिष्ठानका निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले शव व्यवस्थापन कार्य भइरहेकाले सो कार्य सम्पन्न नभएसम्म धैर्य गर्न आफन्तलाई अनुरोध गरेका छन्।
विमान दुर्घटनामा १५ जना विदेशी नागरिकको मृत्यु भएको छ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थल अवतरणका क्रममा सेतीको खोँचमा दुर्घटना भएको थियो।
विमानमा चालक दलका ४ सदस्यसहित ६८ जना यात्रु सवार थिए।
हालसम्म ६९ जनाको शव भेटिएको छ भने ३ जनाको अवस्था अज्ञात छ। उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
0 comment