काठमाडौं - विराटनगरमा शुक्रबार सद्भाव र्याली निकालिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर स्थित मोरङ उद्योग व्यापार संघको हलमा आयोजना गरेको सर्वदलीय बैठकले सदियौंदेखि हिन्दु र मुस्लिम समुदायबीचको सामाजिक एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउने कार्य निन्दनीय भएको निष्कर्ष निकाल्दै शुक्रबार सद्भाव ¥याली आयोजना गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा उपस्थित सहभागिहरुले सामाजिक र धार्मिक सद्भाव कायम गराउन तथा शान्ति सुरक्षालाई थप मजबुत बनाउन सुरक्षा निकायहरुलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । सो सर्वदलीय बैठकले सामाजिक र धार्मिक सद्भाव कायम गराउन शुक्रबार सद्भाव ¥याली आयोजना गरिने र त्यसमा सबैको सहभागिता रहने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए।
सर्वदलीय बैठकमा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरु, धार्मिक संघ संगठनका प्रतिनिधिहरु र उद्योगी व्यवसायी र युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले जिल्ला प्रशासन कार्यालय मोरङले मठ, मन्दिर, मस्जिद र अन्य ठाँउमा राखिएका माइक, लाउडस्पिकर बाहिर बजाउन निषेध गरिएको निर्र्णााई स्वागत गरेका थिए ।


0 comment