काठमाडौं - सरकारले यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बैठका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले शोक बिदा दिने निर्णय गरेको जानकारी दिए।
आज बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान अवतरणका क्रममा पोखरा अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।
जहाजमा सवार ७२ जनामा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए जसमा ५३ नेपाली यात्रु र १५ विदेशी नागरिक रहेको यती एयरलाइन्सले जनाएको छ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
0 comment