काठमाडौं - सातै प्रदेशले मुख्यमन्त्री पाएको छ।

प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्की, मधेस प्रदेशमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव, बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका छन्।

त्यस्तै गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी, लुम्बिनीमा एमालेका लिला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री बनेका छन्।

सुदुरपश्चिममा नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका छन्।

यी सबै प्रदेशमा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन।