काठमाडौं - सर्लाहीमा शितलहरबाट ६ जनाको मृत्यु भएको छ। 

चिसो बढेसँगैको जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ। चिसोले सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्। ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने विपन्न परिवार काम गर्न नसकेर समस्यामा छन्। 

चिसो बढेपछि मलंगवा, चक्रघट्टा लगायतका स्थानीय तहले सामुदायिक विद्यालयमा बिदा दिएको छ। बजार पसलमा चहलपहल पनि घटेको छ। व्यापार व्यवसाय मन्द छन्। 

आगो तापेर बसे मात्र दिन कटाउन सकिने स्थिती छ। 

चिसो प्रभावितलाई राहत दिनका लागि जिल्ला विपद व्यवस्थापन समितिले केही स्थानमा राहत सामग्री स्वरुप न्यानो कपडा वितरण गरेको छ।