काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोर्खा महोत्सवको उद्घाटन गरेका छन्।
पृथ्वी जयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो। प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताहरु गोरखा आएका छन्।
तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रचण्ड गोरखा आएका हुन्।
प्रधानमन्त्री प्रचण्डले निर्वाचनका क्रममा मतदाता समक्ष गरेका प्रतिबद्धता पूरा गर्न आफू कटिबद्ध हुने बताएका छन्। गोरखा
महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनका क्रममा मतदाता समक्ष गरेका प्रतिबद्धता पूरा गर्न आफू कटिबद्ध रहेको बताए।
उनले भने, 'सबै दलबाट प्रधानमन्त्रीमा विश्वासको मत पाउँदा तपाईंहरुलाई सम्झेँ। हामी तपाईंहरुको अगाडि गरेका प्रतिबद्धता पूरा गर्न निरन्तर अगाडि बढ्नेछौं।'
प्रचण्डले सबै राजनीतिक दलहरुको सहमतिबाट आफूले प्रधानमन्त्रीमा विश्वासको मत पाएकाले अवसरलाई नगुमाउने उनले बचन दिए। उनले भने,'सबै राजनीतिक दलको सहमतिबाट मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिएँ। यो जिम्मेवारी, यो ऐतिहासिक अवसरलाई पूरा गर्न म तपाईंहरुको साथमा रहनेछु।' गोरखाबासीका समस्या समाधान गर्न आफू नेतृत्वको सरकारको साथ रहने उनले बताए।
आजै बिहान गण्डकी मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच गोरखा विकासका बारेमा छलफल भएको थियो। प्रचण्ड चितवन छाडेर मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा गोरखा २ बाट चुनाव लडेका थिए।
0 comment