काठमाडौं - बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेल नियुक्त भएका छन्।
सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संवधानको धारा १६८ को उपधारा २ अनुसार जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नेकपा एमालेका ३७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पाटीका २ जना प्रदेशसभा सदस्य गरी ७० प्रदेश सभा सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।
सत्ता साझेदार दलको भागवण्डा अनुसार आलोपालो हुने बागमती प्रदेशमा माओवादी केन्द्रले पहिलो चरणको नेतृत्व पाएको हो । १ सय १० सिट रहेको बागमती प्रदेशमा सरकार बनाउन ५६ सिट आवश्यक रहन्छ ।
यस अघि दुईपटक प्रदेश सरकारको मन्त्री भएका जम्कट्टेल धादिङ १ (ख) बाट निर्वाचित भएका हुन् । उनी यस अघिको कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए ।
0 comment