काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले जारी टी-२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ नभएको स्पष्ट पार्दै म्याच फिक्सिङको जानकारी भए प्रमाणसहित आउन चुनौती दिएको छ। 

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बुधबार विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ भएको सूचनाप्रति क्यानको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै म्याच फिक्सिङको बारेमा जानकारी भए प्रमाणसहित आउन चुनौती दिएका हुन्।

क्यानले निकालेका प्रज्ञप्तिमा भनिएको छ, ‘म्याच फिक्सिङको जानकारी भए प्रमाणसहित क्यानमा वा जारी लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन संघ विनम्र अनुरोध गर्दछ ।’

क्यानले नेपाली क्रिकेट र राष्ट्रकै  नाममा ठेस पुर्‍याउने गरि फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न नेपाल क्रिकेट संघ प्रतिवद्ध रहेको समेत स्पष्ट पारेको छ।