काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशबाट आउने नेपालीलाई दुईवटासम्म मोबाइल ल्याउन सहज बनाउन निर्देशन दिएका छन्। 

सोमबार अमेरिकाबाट फर्किएका एक यात्रुले ल्याएको आइफोन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले जफत गरेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछी सोही विषयमा जनस्तरबाट चासो र गुनासो बढेकोले प्रधानमन्त्री प्रचण्डले चासो दिएको उनको सचिवालयले जनाएको छ।

व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार विवाद सिर्जना भएपछि प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल यो विषयमा आवश्यक कारबाही अघि बढाउन समेत निर्देशन दिएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वनमा रोक लगाए पनि विदेशबाट आउने नेपालीहरुले विमानस्थलस्थित भन्सार कार्यालयमा झमेला व्यहोर्नु परेको छ। यसअघि प्रधानमन्त्री प्रचण्डले विदेशबाट आएका मोबाइलमा कडाइ नगर्न निर्देशन दिएका थिए।