काठमाडौं - बागलुङमा कुटपिटपछि श्रीमतीको मृत्यु भएपछि श्रीमान फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार बागलुङको निसीखोला गाउँपालिका–६ रोबाङ निवासी धनबहादुर घर्ती शनिबार राति आफनै श्रीमती ३० वर्षीया मिना घर्तीलाई कुटपिट गरी हत्या गरेर फरार भएका हुन्।
मिनाको हत्या भएको १३ घण्टापछि मात्रै प्रहरीले खबर पाएको बताए। स्थानीयहरूले घर्तीले शनिबार राति श्रीमतीलाई कुटपिट गरेको जानकारी दिएको प्रहरीले बताएको छ।
घर्तीको खोजी कार्य भइरहेको थापाले बताए।
0 comment