काठमाण्डौं – भारतमा बन्द कोठामा कोइला बालेर सुतेका तीन नेपालको निसासिएर मृत्यु भएको छ ।

मृत्युहुनेमा कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षिया छोरी रहेका छन् । उनीहरु भारतको उत्तर प्रदेश मेरठमा मजदुरीका रुपमा काम गर्दै आएका थिय ।

कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ का वडा अध्यक्ष डबलबहादुर दियाकोटीले बताए ।