काठमाण्डौं – सिमरा निजगढ नगरपालिका–२ का नेपाली कांग्रेसबाट निर्वाचित बलात्कारका आरोपी वडाध्यक्षले प्रहरी सामु आफै आत्मसमर्पण गरेका छन् ।
नाबालिग किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपपछि फरार रहेका वडाध्यक्ष राजु श्रेष्ठले राति निजगढस्थित ईलाका प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन् ।
वडाध्यक्ष श्रेष्ठले असोज १९ गते दशैंको टिकाको दिन आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्दै किशोरीको परिवारले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीपछि प्रहरीले उनको खोजी कार्य गरिरहेको थियो ।
श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको थियो । किशोरीको परिवारले असोज २५ गते निजगढस्थित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि वडाध्यक्ष श्रेष्ठ फरार रहेका थिए ।
वडाध्यक्ष श्रेष्ठ आफै प्रहरीको सम्पर्कमा आएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको निजगढका प्रहरी निरीक्षक संजिव ओलीले बताए । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले आँफै सम्पर्कमा आएका श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएका छन् ।
0 comment