काठमाडौं – देशको विभिन्न ठाँउमा छुट्टा छुट्टै सवारी दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।
यसरी ज्यान गुमाउँनेमा स्कुटर चालक नुवाकोट शिवप्री गाउँपालिका ७ निवासी ३८ वर्षिय पशुपति डंगोल रहेका छन् । गएराती काठमाडौंको तारकेश्वर नगरपालिका ७ मा उनले चलाएको स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो । दुर्घनामा परी गम्भिर घाइते भए पछि उनलाई ग्रिनसिटी अस्पतालमा लगीएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी वृत बालाजुले जनाएको छ ।
यस्तैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मा हिजो बेलुकी सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा सोही नगरपालिका १० की २१ वर्षीया सोल्जा ठाकुर रहेकी छिन । हिजो बेलुकी ७ बजे दुई साइकल आपसमा ठोक्किदा विपरित दिशाबाट आउँदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा विराट नर्सिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
यस्तै, चितवनको भरतपुर महानगपालिका २९ केराबारीमा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँको भानु नगरपालिका ८ का ३८ वर्षीय सञ्जिव बहादुर रायमाझी रहेका छन् ।
ना ६ ख ३३१२ नम्बरको ट्रकले बागमती प्रदेश ०३ ००३ प ६५७४ नम्बरको मोटरसाइकललाई हिजो साझ साढे ६ बजे ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्कर दिने ट्रक सहित चालकलाई प्रहरी चौकि जुगेडीले नियन्त्रणमा लिएको छ ।
0 comment