काठमाडौं - ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १२ बजेतिर चौथो तलाबाट खसेका १८ वर्षिय आर्यन सिंहको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घटना लगत्तै उनलाई तत्कालै उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझे साढे ६ बजेतिर मृत्यु भएको बताइएको छ ।
स्कुलको सीसीटीभी फुटेजमा समेत उनले हामफालेको देखिएको हुँदा आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि घटनाको अनुसन्धान भइरहेको छ ।


0 comment