काठमाडौ:विश्व प्रसिद्ध नेपाली सेफ सन्तोष साहलाई प्रहरीले जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनलाई गिरफ्तार गरेको हो।
पक्राउ पर्नुको मुख्य कारण के थियो त ?
सन्तोष साहले काठमाडौँको गौरीधारास्थित शकुन्तला थापा अधिकारीको एक रेस्टुरेन्ट किनेका थिए। बाँकी रकम: उक्त रेस्टुरेन्ट किनेबापत बुझाउनुपर्ने १ करोड ३० लाख रुपैयाँ नतिरेको अभियोग उनीमाथि लागेको हो।
पैसा भुक्तानी नगरेपछि अदालतको आदेश अनुसार उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एसपी शरद थापाले जानकारी दिनु भयो।
शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण उनलाई आगामी सोमबार मात्र अदालतमा पेस गरिने तयारी रहेको प्रहरीले जनाएकोछ।


0 comment