काठमाडौं -  गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ र पुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 
राष्ट्रपति पौडेलका कारण शपथ ग्रहण कार्यक्रम आधा घन्टा ढिला सुरु भएको थियो। गुरुङ पदबाट राजीनामा दिएको ४७ दिनपछि पुन: गृह मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका हुन्।