काठमाडौं - प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुन: गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।

यसैगरी प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनलाई नियुक्त गर्न सिफारिस गरेका छन् । गुरुङको सम्बन्धमा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन मंगलबार मन्त्रिपरिषद्ले ग्रहण गरेको थियो ।

उनीहरुले दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ । सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए । पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षताको समितिले शुक्रबार प्रधानमन्त्री शाहसमक्ष प्रतिवेदन बुझाएको थियो ।

गुरुङले छानबिन समितिबाट आफूले क्लिन चिट पाउने र पुन: गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताउँदै आएका थिए ।