विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा छ्हापा हानेर प्रहरीले ३६ जनालाई नियन्त्रणमा लिएको छ।
स्पा र मसाज सेन्टर खोलेर अनैतिक धन्दा चलाएको भन्ने जनगुनासो बढेपछि प्रहरीले अप्रेसन नै चलाएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रमुख कबित कटवालले ब्यवसायको नाममा समाजमा निकृती फैलाउने माथी कानुनी कारवाही गरिने बताउनु भयो।
विराटनगर महानगरपालिकाका वडा नम्बर १३, १४ र १५ मा सञ्चालित विभिन्न स्पाहरूमा हानिएको छापाका क्रममा ३६ जना समातिएको जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रमुख कबित कटवालले जानकारी दिनु भयो।



0 comment