काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय तत्काललाई आफूसँगै राख्ने भएका छन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दिपा दाहालले बताइन्।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गुरुङको व्यापारिक साझेदारी देखिएको भन्दै चौतर्फी आलोचना भएपछि उनले आज राजीनामा दिएका हुन् ।उनले जेनजी आन्दोलनपछि ५० लाखको शेयर खरिद गरेको देखिएको थियो।उनीमाथि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न पार्टी र बाहिरबाट दबाब परेको थियो ।
प्रधानमन्त्री शाह नेतृत्वको सरकार बनेको २६ दिनमै २ मन्त्री बाहिरिएका छन् । श्रममन्त्री दीपककुमार साह १३ दिनमै बाहिरिएका थिए, भने गुरुङ २६ दिनमा राजीनामा दिएर बाहिरिएका हुन् । दुवैजना कार्यशैली र व्यक्तिगत अपारदर्शीका कारण सरकारबाट हट्नु परेको हो ।



0 comment