काठमाडौं - चौतर्फी आलोचनामा परेका गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा सेयर सम्बन्धी तथ्य सार्वजनिक भएपछि गुरुङमाथि व्यापक आलोचना चुलिएको हो। उक्त प्रकरण सार्वजनिक भएसँगै राजनीतिक तथा सार्वजनिक वृत्तमा उनीप्रति असन्तुष्टि बढ्दै गएको छ।
यसैबीच, गृहमन्त्री गुरुङलाई नैतिक आधारमा पदबाट राजीनामा दिनुपर्ने दबाबसमेत बढ्दै गएको छ। विपक्षी दलका नेताहरू तथा नागरिक समाजले घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न र आवश्यक परे पद छाड्न आग्रह गरिरहेका छन्। यस विषयमा प्रधानमन्त्रीसँगको छलफलपछि थप निर्णय आउने अपेक्षा गरिएको छ।



0 comment