काठमाडौ: लागु औषध नियन्त्रण ब्यूरो,कोटेश्वरको टोलिले 
लागु औषध खैरो हेरोईन १३२.५३० ग्राम सहित ३ जना मानिसहरु पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा
जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा. वडा नं. ९ ठेगाना भएका बर्ष २८ को मनिक तामाङ ,जिल्ला महोत्तरी बर्दिबास न.पा. वडा नं. ८ ठेगाना भएका बर्ष ३४ को मनोज लामा ,जिल्ला सिराहा मिचैंया न.पा. वडा नं. ५ ठेगाना भएका बरष ३४ को अनिल साह रहेका छन।

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ सिर्जना टोलबाट लागु औषध खैरो हेरोईन १३२ ग्राम ५३० मिलिग्राम र डिजिटल तराज १ थान सहित तल उल्लेखित मानिसहरु पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख कृष्ण कुमार कोइरालाले जानकारी दिनु भयो।