काठमाडौं - गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी परेको छ। जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले मंगलबार प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका हुन्। निवेदनमा गृहमन्त्री गुरुङलाई पक्राउ गरेर निष्पक्ष रुपमा अनुसन्धान अघि बढाउन अनुरोध गरिएको छ।
निवेदनमा भनिएको छ, ‘पदको ओहदामा रहेर आफ्नैविरुद्ध अनुसन्धान हुन सक्दैन भन्ने आधारभूत कानुनी सिद्धान्त र नेपालको प्रचलित कानुनविपरीत छ।’ जेनजी मुभमेन्टले दिएको निवेदनमा जेनजी आन्दोलनाई गुरुङले नै हिंसात्मक बनाएको आरोप लगाइएको छ।
‘पानी वितरणको नाममा समग्र जेनजी आन्दोलनलाई हाइज्याक गर्दै, उक्त आन्दोलनलाई हिंसात्मक बनाउने र राज्यविहीनताको अवस्था सिर्जना गर्ने गम्भीर आपराधिक मनोवृत्ति देखिएको छ,’ निवेदनमा भनिएको छ।
आन्दोलनको बलमा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै गृहमन्त्री गुरुङलाई तत्काल पक्राउ गरी उनीमाथि निष्पक्ष अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ।



0 comment