काठमाडौ: लागु औषध नियन्त्रण ब्यूरोको टोलिले लागु औषध खैरो हेरोईन ९८ ग्राम ७१० मिलिग्राम सहित १ जना मानिस पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला काठमाडौँ, तार्केश्वर न.पा.वडा नं.-८ स्थित कोठा भाडामा बस्ने, जिल्ला नुवाकोट बेलकोटगढी न.पा. वडा न-७ स्थायी ठेगाना भएका बर्ष २८ को उमेश राईलाई रहेकाछन।
राइको कोठामा खानतलासी गर्दा लागु औषध खैरो हेरोईन ९८ ग्राम ७१० मिलिग्राम, सेतो रङको डिजिटल तराजु थान-१ र नगद रू.६ लाख ५० हजार सहित पक्राउ गरीएको ।
पक्राउ परेका प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको लागु औषध नियन्त्रण ब्यूलारो प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिनु भयो।



0 comment