काठमाडौं - प्रतिनिधिसभा पहिलो बैठकमा एमाले सांसद गुरु बरालले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै रिहाइको माग गरेका छन् ।

बरालले बैठक सुरु हुने बित्तिकै मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत प्रयोग गरी ओली र लेखकलाई बन्दी बनाइएको भन्दै विरोध जनाएका हुन् । एमाले सांसद बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । सभामुखको भूमिका निर्वाह गरेका अर्जुननरसिंह केसीले बराललाई बोल्न समय दिएका थिए ।