काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले निष्पक्ष ढंगले अनुसन्धान हुनुपर्ने बताएका हुन् । राजनीतिक आग्रह–पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

‘कहिँकतै राजनीतिक आग्रह पूर्वाग्रह नहोस्,’ प्रचण्डले भने, निष्पक्षता कायम होस् र स्वतन्त्र ढंगले होस् भन्ने कुरा भनिसकिएको छ ।’ 

प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने विषयमा आफ्नो कुनै विमति नरहेको बताए । यो आफूले नै यसअघि संसदबाट उठाएको विषय भएको उनको भनाइ थियो ।

यसैबीच नेकपाको संसदीय दलको नेतामा पार्टी संयोजक प्रचण्ड चयन भएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको नेकपा सांसद रमेश मल्लले जानकारी दिए।