काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लेखकलाई अदालत उपस्थित गराइएको थियो भने ओली भने बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित जनाएका थिए । उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा दमन भएको भन्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई कारबाही गर्न सिफारिस गरेको थियो । आयोगको सिफारिसका आधारमा ओली–लेखकलाई शनिबार बिहान पक्राउ गरिएको थियो ।



0 comment