काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान दुई जनाबीच करिब २ घण्टा कुराकानी भएको छ ।

विशेगगरी निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नुपर्ने गर्नेमा छलफल केन्द्रीत  भएको जनाइएको छ । त्यस अवसरमा अध्यक्ष ओलीले एकै चरणमा निर्वाचन गर्ने गरी अघि बढ्न सरकारलाई सुझाव दिएको निकटस्थ स्रोतले जनाएको छ । ।

निर्वाचनमा धाँधली गर्ने चलखेल हुँदै गरेको आशंका लागेपछि ओलीले प्रधानमन्त्रीलाई भेटेर जानकारी गराएका हुन् । वर्तमान गृहमन्त्री बालेन्द्र साह निकटका व्यक्ति हुन् भन्ने लागेपछि ओलीलाई निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुनेमा केही दिन यता सार्वजनिक रुपमै आशंका व्यक्त गर्न थालेका छन् ।

प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच एकै चरणमा गर्न पर्ने पक्षमा अडिक छन् । प्रधानमन्त्री कार्कीले हिमपातले अप्ठयारो पारेको खण्डमा ती क्षेत्रमा भने दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने स्थिति आउन सक्ने बताएकी थिइन् ।

प्रधानमन्त्री कार्कीलाई भेट्न पूर्वप्रधानमन्त्री ओली बिहान ९ बजे बालुवाटार पुगेका थिए । यसअघि प्रधानमन्त्री कार्की र ओलीबीच पुस २४ गते पनि भेटवार्ता भएको थियो ।