काठमाडौं - न‍ेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।