काठमाडौं - त्रिभुवन विश्वविद्यालयले भारतका केही विश्वविद्यालय समकक्षताको स्थगन गरेको छ।
त्रिविले सिंघानियाल विश्वविद्यालय, मेवार विश्वविद्यालय, साइनाथ विश्वविद्यालय र लभ्ली प्रोफेसनल विश्वविद्यालयबाट उच्च शिक्षा लिएका विद्यार्थीलाई समकक्षता प्रदान गर्न स्थगन गरेको हो।
त्रिवि शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले एक सूचना जारी गर्दै भारतबाट उच्च शिक्षा लिएका विद्यार्थीलाई समकक्षता प्रदान गर्न स्थगन गरेको जनाएको छ।
सूचनामा भारतका केही विश्वविद्यालयबाट विभिन्न तहको शैक्षिक योग्यताको उपाधि लिएका विद्यार्थीलाई केन्द्रबाट प्रदान गरिने समकक्षता हाललाई स्थगन गरिएको उल्लेख छ।
0 comment