काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षाहरु हाललाई स्थगित गरिएको छ। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै माघ ९ गतेदेखि तोकिएका सबै परीक्षाहरु स्थगित गरेको जनाएको छ।
'त्रिभुवन विश्वविद्यालयअन्तर्गत हालः सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापीरुपमा फैलिएको ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्रध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आज बसेको बैठकबाट हालः त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्का लागि स्थगित गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ,' टियुद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई विश्वविद्यालयको परीक्षामा स्वास्थ्य प्रोटोकल अपनाएको छ, छैन हेर्नु भनी निर्देशन दिएका थिए।
0 comment