काठमाडौं - राष्ट्रीय परिक्षा बोर्डले एसईई परिक्षा २०७८ को नतिजा प्रकाशित गरेको छ ।
एसईईको नतिजा सजिलैसँग आफ्न्प मोबाईल या ल्यान्डलाईनबाट १६०० डायल गरी प्राप्त निर्देशन अनुसार सिम्बल नम्बर दिएर थाहा पाउन सकिन्छ ।
त्यसैगरी, मोबाईलबाट SEE<space>SYMBOL NUMBER टाईप गरी १६०० म एसएमएस पठाएर पनि एसईईको नतिजा हेर्न सकिन्छ ।
त्यस्तै, नेपाल टेलिकमको वेबसाईट https://see.ntc.net.np बाट पनि एसईईको नतिजा सजिलैसँग हेर्न सकिन्छ ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा २२ हजार ६४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए। ३ हजार २८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन्।
त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ रहेको छ।
त्यस्तै २.० देखि २.४ जीपीए एक लाख १२ हजार ७३३, २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ५९८ जना रहेको छ।
त्यस्तै ६९ हजार विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६२७ रहेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ।
0 comment