काठमाडौं - अनेरास्ववियूले सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई अस्पतालहरुमा ओपिडी सेवा निशूल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न माग गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीलाई बुधबार मन्त्रालयमै ध्यानाकर्षणपत्र बुझाउँदै अनेरास्ववियूले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न माग गरेको हो।
अनेरास्ववीयू अध्यक्ष सुदेश पराजुलीद्वारा बुझाइएको ध्यानाकर्षणपत्रमा भनिएको छ,'स्वास्थ्य उपचारबाट कुनै पनि विद्यार्थी वञ्चित हुने अवस्था नबनोस् र यही विषयमा पुनः हामीले आन्दोलन गर्न नपरोस्।'
अनेरास्ववीयूले स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्न समेत माग गरेको छ।
0 comment